अभिनेता सौगात मल्ल अभिनीत फिल्म ‘माछा माछा’को छायंकन सुरु

काठमाडौं – तीन जना गाउँले युवकहरुको कथालाई लिएर फिल्म ‘माछा माछा’को छाँयांकन सुरु भएको छ।

गाँउबाट शहरमा स्थापित हुन युवकहरुले गर्नुपर्ने संघर्षको कथालाई लिएर सोमबार राजधानिको गौरीघाटमा फिल्मको छाँयांकन सुरु गरीएको छ ।

निर्देशक सुनिल गुरुङको निर्देशनमा बन्न लागेको उक्त फिल्ममा अभिनेता सौगात मल्ल, विजय बराल र अनोज पाण्डेले अभिनय गर्ने भएका छन् ।

फिल्ममा उनिहरुको अलवा कलाकार प्रविण खतिवडा, सरिता गिरी, नम्रता श्रेष्ठ, भोलाराज सापकोटा र कमलमणी नेपाल लगायतको अभिनय रहेन बताईएको छ ।

सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने उक्त फिल्मलाई रामबाबू गुरुङ, मणिराम पोखरेल र ओमचंद्र रौनियारले लगानी गर्ने भएका छन् ।

उक्त फिल्ममा निमेष श्रेष्ठको सम्पादन तथा शिवराम श्रेष्ठको छाँयांकन रहने बताईको छ ।

करिब १ महिना सम्म फ्लोरमा रहने फिल्म आउदो पौषको अन्त्यमा प्रदर्शनमा ल्याउने निमार्ण टिमले बताएकोे छ

Got Something To Say: