साम्राज्ञी र पुष्पलकाे अभिनयमा फिल्म ‘मारुनी’को शुभमुहुर्त

काठमाडाैं –  फिल्म ‘मारुनी’को शुभमुहुर्त  सम्पन्न भएकाे छ । शुक्रबार बिहान काठमाण्डौको कमलादिस्थित गणेश मन्दिरमा पूजा गर्दै निर्माण युनिटले फिल्मकाे शुभसाइत सम्पन्न  गरेको हो । फिल्मकाे छायांकन भने १० दिनपछि अर्थात् फागूणको १३ गतेबाट छायांकन प्रारम्भ   हुनेछ ।

पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमले निर्माण गर्न लागेको यो फिल्मलाई नवल नेपालले निर्देशन गर्दैछन् । फिल्मकाे सह–निर्माताको रुपमा दर्शना केसी रहनेछिन् । यो फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नायक पुष्पल खड्का र नव–नायिका रेविका गुरुङको मुख्य भूमिका रहनेछ ।

फिल्ममा बाल–कलाकारको रुपमा कुशाग्र भट्टराई, स्वर्णिम पौडेल, सेफिअन्स लम्साल र साइरा आचार्यको मुख्य भूमिका रहनेछ ।
फिल्मलाई आउँदो बर्षको भदौ १३ गतेबाट रिलिज गर्ने तयारी  रहेकाे शुभमुहुर्त  कार्यक्रममा निर्माण युनिटले जानकारी गराएकाे छ ।

Got Something To Say: