चलचित्र नाई नभन्नु ५ को बालपनको उमेरमा अनुभव र सेड्रिनाको यस्तो डान्स (भिडीयो)

काठमाडौं – आगामी भदौ ८ गते बाट देशभर प्रर्दशनमा आउने लागेको चलचित्र ‘नाईं नभन्नू ल ५’ को एक गीत सार्वजनिक भएको छ । सार्वजनिक बालपनको उमेर बोलको गीतमा बाल कलाकार अनुभव रेग्मी र सेड्रिना शर्माले फिचरिङ गरेका छन् ।
संगीतकार बसन्त सापकोटाको शब्द तथा संगीत रहेको उक्त गीतमा कोरियोग्राफर कविराज गहतराजको कारेरियोग्रफी रहेको छ ।
सार्वजनिक गीतमा समिक्षा अधिकारीको स्वर रहेको छ । निर्देशक विकासराज आचार्य निर्देशित उक्त चलचित्रको ट्रेलर र शिर्ष गीत यसअघिनै सार्वजनिक भएर चर्चामा छन् ।

चलचित्र ‘नाईं नभन्नू ल ५’ मा अनुभव र सेड्रिनासँगै प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, दीलिप रायमाझी र अभिषेक नेपाल लगायतका कलाकारको अभिनय रहेको छ भने नायिका निरुता सिंह विशेष भूमिकामा प्रस्तुत भएकी छन् ।

Got Something To Say: