फिल्म ‘प्रेम गीत३’मा नयाँ अभिनेत्रीको लागी आवदेशन खुल्ला (लिंक सहित)

काठमाडौं – निर्माता सन्तोष सेनको निर्माणमा बन्न लागेको फिल्म ‘प्रेम गीत ३’मा नयाँ नायिकाका लागी आवेदन खुल्ला भएको छ ।

पहिलो ‘प्रेम गीत’मा नायिका पुजा शर्मा र ‘प्रेम गीत(२’मा अश्लेषा ठकुरीको अभिनय रहेको थियो।

तर, निर्माता सेनले ’प्रेम गीत(३’ मा नयाँ अभिनेत्री ल्याउने कसरतमा लागेका छन् ।

आगामी चैत्र २८ बाट प्रदर्शन गर्ने तयारी मा रहेको उक्त फिल्मले मुख्य अभिनेत्रीका लागि खुल्ला अडिसनको आह्वान गरेको हो ।

जसमा इच्छुकहरुले संसारभरबाट अडिसन दिनसक्ने व्यवस्था मिलाइएको निर्माता सेनले बताएका छन्।

सेन स्वयम् र छेतेन गुरुङको संयुक्त निर्देशन रहने फिल्ममा मुख्य अभिनेत्री बन्न चाहनेले ‘आसुसेन फिल्मस्’को अफिसियल वेब साइटमा गएर फारम भर्न सक्ने बताइएको छ । यससँगै आशुसेन फिल्मस्को इमेल ठेगानामा पनि आवेदन दिन सकिनेछ।

आवेनपछि २० जना फाइनल अडिसनका लागि छनोट गरिने र एक विशेष कार्यक्रमको आयोजनाकासाथ २० मध्ये १ जना छनोट गरिने निर्माता सेनले जानकारी दिएका छन् ।

स्क्रिप्ट तथा कलाकार चयनको काम भइरहेको बताउँदै निर्माता सेनले सबै कलाकार फाइनल भएपछि फिल्मको औपचारिक घोषणा गरिने जानकारी दिएका छन् ।

फारम भर्न यहाँ क्लिक गर्नुहाेस्  – वेब साइट

Got Something To Say: