फिल्म ‘प्रेमगीत ३ ’मा क्रिस्टिना फाइनल

काठमाडौं – फिल्म ‘प्रेम गीत ३’का लागी नायिका छनोट भएको छ । आइतवार विहान फिल्मका निर्देशक सन्तोष सेनले आफ्नो सामाजीक सञ्जाल फेसबुक मार्फत फिल्मकी नायिका छनोट भएको जनाएका छन् ।

उनले केही पोस्टर समेत सेयर गरेका छन् र भनेका छन् ‘ लामो समयको पर्खाइ पश्चात आ सवै चलचित्र प्रेमीहरुको लागी कौतुहलता मेटिएको त ।

\

सबैले आफ्नो मनमा अड्कल गरेर बनाएको गीतको आकृतिमा एउटा नाम जोडिना पुगेको छ त्यो नाम हो क्रिष्टिना गुरुङ । ’उनले यसरी फिल्मको नायिकामा अमेरिकाबाट यससै फिल्मको अडिसनका लागी नेपाल आएकी क्रिस्टिना गुरुङ छनोट भएकी हुन् ।

फिल्ममा नायक प्रदिप खड्का यस अघिनै छनोट भएका थिए्, तर नायिकाका लागी भने आवेदन खुल्ला गरिएको थियो । उक्त आवेदनबाट छनोट गर्दै आज निर्देशक सेनले गुरुङलाई छनोट गरेका हुन् ।

आवदेन खुल्ला पश्चात अडिसन दिनेको संख्या भने अत्यन्तै धरै रहेको थियो जानकारी अनुसार आवेदन दिने संख्या २७१४ रहेको थियो । जसबाट गुरुङले आफुलाई फिल्ममा गीत पात्रको भुमिकामा चयन गराउन सफल बनेकी छन् । उनि यहि फिल्मको अडिसनका लागी नेपाल आएको बताउछिन् ।

चलचित्रमा प्रदीप खड्का मेन लिडमा छन् । निर्देशक सेनले सहभागिता जनाएका मध्येबाट उत्कृस्ट २५ जना छनोट गरेका थिए जस मध्येबाट गुरुङ नै फिल्मको कथामा मिल्ने भएपछि उनलाई छनोट गरिएको आफ्नो फेसबुक स्टाटसबाट बताउछन् ।

उनको स्टाटस जस्ताको तस्तै –

 

Got Something To Say: