चलचित्र रामकहानीको प्रोमो रिलीज (भिडीयो)

काठमाडौं – अभिनेत्री पूजा शर्माको निर्माण तथा अभिनय रहेको चलचित्र ‘रामकहानी’को प्रोमो रिलिज भएको छ ।निर्देशक सुदर्शन थापा निर्दे्शित चलचित्र पहिलो पटक हरर कमेडी पनि समेटिएको छ । पूजासँगै आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सनविक्रम राई, रविन्द्र झा, राजाराम पौडेल, शिशिर राना, बिशाल पहारी, सुनिता श्रेष्ठ ठाकुर र सोभित बस्नेतको अभिनय रहेको फिल्म कमेडी लभस्टोरी बताइएको थियो ।

निर्देशक सुदर्शन थापा प्रोडक्सनको व्यानरमा पूजा र सुदर्शनले निर्माण गरेको उक्त चलचित्रमा महेश दवाडी र दिनेश न्यौपानेको पटकथा संवाद रहेको छ । फिल्मको कथा निर्देशक स्वय्को रहेको छ । भदौ २२ गते रिलिज हुने चलचित्रमा संगीतकार अर्जुन पोखरेलको शब्द र संगीत, सौरभ लामाको छायाँकन, बनिष शाहरमिलन श्रेष्ठको सम्पादन र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

Got Something To Say: