५१ औं दिनको सफलतामा फिल्म ‘शत्रु गते’

काठमाडौं – गत चैत ९ गतेबाट प्रदर्शनका आएको फिल्म ‘शत्रु गते’ शनिबारबाट ५१ औं दिनमा प्रवेश गरेको छ ।

फिल्मका निर्देशक प्रदीप भट्टराईका अनुसार ‘शत्रु गते’ अझैपनि राजधानी भित्र र बाहिरका हलहरुमा प्रदर्शन भैरहेको छ । भट्टराईको निर्देशनमा ५१औँ दिन मनाउने यो फिल्म हो। उनको निर्देशनमा बनेको जात्राले पनि ५१औं दिनको सफलता प्राप्त गरेको थियो।

फिल्मले यतिवेला गोपीकृष्ण, अष्टनारायण, गुण, क्यूएफएक्स, बिग मुभिज, सिटीम्याक्स, बाराही लगायतका हलमा ५१ औं दिनको व्यपार गरिरहेको छ फिल्मले ५१औँ दिन सम्म आई पुग्दा कति कमायो भन्ने एकमुस्ट गणना नगरिए पनि नेपालका हलहरुबाट मात्र सरदर १२.५ करोड ग्रस कलेक्सन गरेको बताए।

नेपाली फिल्महरुको इतिहासमा शत्रु गतेले अष्ट्रेलिया र अमेरिकामा क्रमश ४० र ५० शोसम्म पाएको बताउदै भट्टराईले अन्तराष्ट्रिय स्तरमा पनि राम्रो छाप बनाउन फिल्म सफल बनेको सुनाए।

फिल्ममा पल शाह, आँचल शर्मा, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, प्रियंका कार्की, दीपाश्री निरौला, शिवहरी पौडेल लगायतका कलाकारको अभिनय रहेको छ।

फिल्म निर्माण टीमले सफलताकोे खुसी साटासाटकालागि शनिवार साँझ एक कार्यक्रमको आयोजना समेत गर्ने भएको छ ।

Got Something To Say: