युवा पुस्ताको रमझम र आदिवासीहरुको संस्कृती बोकेको फिल्म ‘शिरफूल’को ट्रेलर (भिडियो)

काठमाडौं – नाइस मिडिया नेटवोर्क र मगर क्रिएसन प्रा.लि.को प्रस्तुती रहेको फिल्म ‘शिरफूल’को ट्रेलर तथा पोस्टर सार्वजनिक भएको छ। बुधबार काठमाडौंको क्युज सिनेमा हलमा पत्रकार सम्मेलन गर्दै फिल्मको ट्रेलर र पोस्टर सार्वजनिक गरिएको हो।

२ मिनेट ३५ सेकेन्ड लामो ट्रेलरमा काठमाडौंका बारहरुमा धाउने जमातको रहन सहनका साथमा आदिवासी जनजातिहरुको मौलिक पनको झल्को दिने प्रयास गरिएको छ ।

‘शिरफूल’लाई कमल एक्चै मगरले निर्देशन गरेका हुन् । कमलको यो डेब्यु निर्देशन हो ।फिल्ममा रुपा राना, राज थापा, देवराज आले, बिनिता थापा, सुनिल रोका, राजु युगिन, नमिता तामाङ, पुजा गदल, लिला गुरुङ, बिना थापा, निता पुन, नियोना गुरुङ, किरण मगर लगायतका कलाकारको अभिनय रहेको छ । यस सँगै फिल्मको एक गितमा अभिनेत्री मरिस्का पोखरेलको पनि अभिनय देख्न सकिन्छ।

यस अघी नै चलचित्रका दुई गीत ‘आज किन’ र ’शिरफूल’टाइटल गीत सार्वजनिक भइसकेका छन् । फिल्ममा देवराज आले मगरको कथा रहेको छ भने ।चलचित्रलाई निरोज श्रेष्ठले खिचेका हुन् ।

आशिर्वाद पुन मगरको निमार्ण रहेको फिल्मलाईसम्पादन मिलन श्रेष्ठ गरेका हुन् । फिल्म आउदो मंसिर २१ बाट सार्वजनिक प्रर्दशनमा आउने छ।

Got Something To Say: