फिल्म शुभलभको ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं – फिल्म शुभलभको ट्रेलर सार्वजनिक भएको छ ।

आगामी चैत्र १५ बाट प्रर्दशनमा आउने उक्त फिल्मको ट्रेलरमा फिल्मका नायक तथा ज्योतिष हरिहर अधिकारी, नायिका क्रिष्टिन पौडेल, कलाकार रविन्द्र झा, राजाराम पौड्याल लाई मुख्य रुपमा देखाइएको छ ।

ट्रेलर हेर्दा फिल्मले ज्योतिष क्षेत्रमा हुने विभिन्न प्रकारका भ्रमलाई चिर्नको लागी नै फिल्म निमार्ण गरिएको बुझ्न सकिन्छ।

फिल्ममा ज्योतिष अधिकार सहित सुरज खनाल, राजा राजेन्द्र पोख्रेल, प्रदिप बास्तोला,अनुज पाण्डे,सुर्य थापा, नम्रता सिंखडा लगायतका कलाकारको अभिनय रहेको छ।

ज्योतिष अधिकारीको लेखन रहेको फिल्म शुभलभलाई सन्तोष बाबु लोहनीले निर्देशन गरेका छन् ।

धर्म राज शर्माको लगानीमा निर्माण भएको उक्त फिल्ममा संगीतकार अर्जुन पोख्रेलको संगीत रहेको छ भने गायिका अन्जु पन्त, गायक सुगम पोख्रेल, गायक निशान भट्टराई, मिना सिंह को स्वर रहेको छ।

फिल्मलाई बनिश शाह र भुपेन्द्र घिमिरेले सम्पादन गरेका छन् ।

Got Something To Say: