फिल्म ‘यात्रा’को ‘चट्ट रुमाल क्या मालुम’ सार्वजनिक (भिडियो)

काठमाडौं – फिल्म यात्राको गीत ‘चट्ट रुमाल क्या मालुम’सार्वजनिक भएको छ ।

पुरानो गीत चट्ट रुमाललाई पुन यस चलचित्र मार्फत सार्वजनिक गरिएको हो । मंगलवार काठमाडौंमा एक पत्रकार सम्मेलनग गरि फिल्म यात्रा युनिटले उक्त गीत सार्वजनिक गरेका हुन् ।

यसअघि फिल्म आफ्नो मान्छेमा समावेश उक्त गीत गायक शम्भुजीत बास्कोटा र साधाना सरगमले गाएका थिए भने यस पटक गायिका मेलीना राई धर्मेन्द्र सेवानले स्वर दिएका छन् ।

बावुराम दाहालको शब्द रहेको गीतमा शम्भुजीत बास्कोटाको संगीत रहेको छ । फिल्ममा नायक सलोन बस्नेत, सलिनमान बनियाँ, प्रेक्षा बर्जाचार्य, जान्वी बस्नेत विशाल कटुवाल प्रकाश अधिकारी,धिरेन शाक्य, राजाराम पौडेल,नानिकाजी डंगोल,विन्दा खतिवडा तथा बाल कलाकारमा अंकित संगौला र एन्जल राई लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक पौडेल,सुरेश न्यौपाने,शिशिर खातिको लेखन रहेको यात्रालाई सम्राट शाक्यले निर्देशन गरेका छन् भने फिल्मलाई सुशिल पोख्रेलले निर्माण गरेका हुन् ।

फिल्म आगामी चैत्र २९ मा देशभर प्रर्दशनमा आउने छ ।

भिडियाे- 

Got Something To Say: