श्रृंखलाको प्राथमिकतामा पर्यटन प्रवर्धन र बेरोजगार उन्मूलन

काठमाडौं– यतिबेला विश्वको ध्यान विश्व सुन्दरीहरूको प्रतिस्पर्धामा तानिएको छ। जस अनुसार  विश्वका १२१ सुन्दरीबाट छानिएर उत्कृष्ट ३२ प्रतिश्पर्धीहरु चिनको सान्या सहरमा प्रतिस्पर्धा गरिरहेका छन्। तिनै ३२ प्रतिस्पर्धी मध्ये मिस वर्ल्ड २०१८की सशक्त प्रतिश्पर्धी बनेकी छन् नेपालकी छोरी श्रृंखला खतिवडा।

सन् १९५१मा ब्रिटेनको बिकिनी कन्टेस्टपछि सुरु भएको मिस वर्ल्डको इतिहास ६८ वर्ष पूरानो भइसकेको छ। यसै क्रममा आउँदो डिसेम्बर ८ तारिखमा २०१७की मिस वर्ल्ड मानुषी छिल्लरले ताज लगाउँदै ६८औं मिस वर्ल्डको घोषणा गर्ने्छिन्। यसका लागि पूर्व मिस वर्ल्ड मानुषी छिल्लर नोभेम्बर १९मा चीन प्रस्थान गरिसकेकी छन्।

नेपालमा मिस नेपाल प्रतियोगिताको लामो इतिहास छैन। सन् १९९४ बाट नेपालमा यसको औपचारिक सुरुवात भएको थियो। यसैगरि विश्वकै चासोको बिषय बन्ने गरेको मिस वलर््ड प्रतियोगितामा नेपालको उपस्थिती रहदै आएको छ। तर नेपालले यस प्रतियोगीताबाट गर्भगर्न लायक कुनैपनि उपाधी चुम्न सकेको छैन। यसअवस्थामा मिस नेपाल वर्ल्ड २०१८की ताज विजेता श्रृंखालले भने यतिबेला मिस वलर््डको ताजका लागि उत्कृष्ट प्रस्तुती दिदै आएकी छन्।

यतिबेला श्रृंखलाले मिस वलर््कालागि गरिएको प्रयासालाई सार्थक बनाउन नेपाली समर्थकहरुले राम्रो साथ दिइरहेका छन्। यस बाट श्रृंखाल स्वयंम पनि निकै खुसी छन्। श्रृंखलाले आफ्ना सम्पूर्ण समर्थकहरुलाई चिनको सान्या सहरबाट साथ, सहयोगको निरन्तरताको आह्वान र धन्यवाद पनि दिदैआएकी छन्।

यसै सन्दर्भमा मिस वलर््ड प्रतिस्पर्धीहरुको सान्या सहरमा भएको हेड टू हेड च्यालेन्जको भिडियोहरु सार्वजनिक भएका छन्। जहाँ श्रृंखलालाई केही प्रश्न गरिएको सुन्न सकिन्छ। जसमा जसमध्येको एक प्रश्न छ, तपाँइको देशमा भएको सबै भन्दा प्रमुख समस्या के हो र यसलाई कसरी सुधार गर्नुहुन्छ?

उनले यस प्रश्नको जवाफमा भनेकी छन्,‘बेरोजगारनै मेरो देशको मुख्य समस्या हो। यसैको कारण देशका अधिकांस युवाहरु रोजगारको खोजिमा विदेशमा जाने गरेका छन्। र मलाई विश्वास छ की यसको समस्या सामाधानका लागि पर्यटन क्षेत्रलाई प्रवर्धनगरि रोजगार सृजना गर्न सकिन्छ। हामी सबैलाई थाहा छकी, नेपाल बिभिधताको देश हो। यहाँ प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा परम्परागत विभिधता छ। र मानिसहरु स्वभावैले संगै रमाउन र चार्डपर्वहरुसँग रमाउन रुचाउछन्। त्यसैले म विश्वलाईनै स्वागत गर्न चाहान्छुकी यहीँ विभिधताभित्र आएर रमाउनका लागि।

तस्बिर स्रोत: श्रृंखलाको फेसबुक वालबाट

Got Something To Say: