पुष्प व्यवसायको विकास र विस्ताकरा लागि चैत्र ३० बाट ‘पुष्प प्रदर्शनी –२०१८’

काठमाडौं– पुष्प व्यवसायको विकास र विस्तारका लागि यही चैत ३० देखि काठमाडौंमा ‘पुष्प प्रदर्शनी–२०१८’को आयोजना हुनेभएको छ।

फ्लोरिकल्चर एशोसिएशन नेपालले मंगलबार गरेको पत्रकार सम्मेलनमा ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ भृकुटीमण्डपमा मेला हुन लागेको जानकारी गराएको हो ।

आगामी वैशाख ३ सम्म सञ्चालन हुने यस मेलामा मौसमी फूल, आलङ्कारिक बोटबिरुवा, सभा सम्मेलनका लागि प्रयोग गरिने कट फ्लावर, फूलको गानो, बीउबिजन, हरितगृह, कृषि औजारजस्ता सामग्री रहने छन्। मेलामा फूलका ८२ कक्ष रहने छन्।

घरआँगन तथा बगैँचा सजाउन चाहनेहरुका लागि ज्ञान हासिल गर्न मेला उपयोगी हुने एशोसिएशनका अध्यक्ष कुमार कसैंजु श्रेष्ठले बताए। नेपालमा २०११ देखि सुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास र विस्तारसँगै काठमाडौँ उपत्यकामा मात्रै नभएर मोफसलमा पनि फैलँदो स्थितिमा छ।

हाल ४१ जिल्लामा करीब ६ सय ७८ वटा पुष्प व्यवसाय दर्ता भइ सञ्चालनमा छन्। करीब १ सय ५३ हेक्टर क्षेत्रफलमा यसको खेती हुँदै आएको जनाइएको छ। अहिले यस व्यवसायमा ४३ हजारभन्दा बढी व्यक्ति सहभागी हुँदै आएका छन्।

Got Something To Say: