नेपाललाई ३-१ गाेल अन्तरले हराउँदै म्यानमारले चुम्याे हिरो महिला फुटबलको उपाधि

काठमाडाैं-  नेपाललाई ३-१ गाेल अन्तरले हराउँदै भारतमा जारी हिरो महिला फुटबलको उपाधि म्यानमारले  जितेकाे छ ।

उपाधिका लागि भएकाे खेलकाे पहिलाे हाफकाे ३४ औं मिनेटमा गाेल म्यानमारले पहिलाे गरेकाे थियाे । लिग चरणमा नेपाललाई ३-० ले पराजित गरेकाे म्यानमार फाइनलमा पनि निकै बलियाे देखिनुका साथै उसकाे बल नियन्त्रण पनि नेपालकाे तुलनामा निकै राम्राे थियाे ।

तर, पहिलाे हाफकाे इन्ज्युरी समयमा नेपालकी मञ्जली याेन्जनले गाेल गर्दै १-१ गाेलकाे स्थितिमा पुर्‍याइन् । त्यसपछि खेलकाे ५२ औं मिनेटमा दाेस्राे तथा ६३ औं  मिनेटमा ३-१ गाेलकाे अग्रता बनाएकाे थियाे ।

यसअघि, खेल सुरु हुनुभन्दा पहिले नेपाल र म्यानमारको राष्ट्रिय महिला फुटबल टोलीले बिहीबार कश्मीरमा भएको आतंकवादी आक्रमणमा मारिएका सीआरपीएफका जवानहरुको सम्झनामा एक मिनेट मौनधारण गरेका थिए ।

भारतले आयाेजना गरेकाे याे प्रतियोगितामा आयोजक भारतसहित नेपाल, म्यानमार र इरान सहभागी थिए । साफ र ओलम्पिक छनोटको तयारीस्वरुप भारतले प्रतियोगिताको आयोजना गरेको हो ।

Got Something To Say: