अन्य व्यवसायले गर्दा छुर्पी उत्पादनमा कमी

इलाम – नेपालमा विगत लामो समयबाटनै अत्यधिक राम्रो र उत्कृट तथा दुग्धजन्य वस्तुमध्ये धेरै उपभोक्ताले मन पराउने र राम्रो आम्दानी दिँदै आएको छुर्पी उत्पादन बर्षेनी घट्दै गएको पाइएको छ ।

पछिल्लो समय पशुपालनकोे चलन हराउँदै गएपछि पहाडी जिल्ला इलाममा राम्रो आयको स्रोतका रूपमा रहेको छुर्पी उत्पादन घट्दै गएको हो ।

छुर्पी उत्पादन घटेसँगै दुग्धजन्य बस्तुबाट हुने आम्दानीमा निर्भर किसानको आम्दानी पनि गुम्दै गएको छ ।

पहाडी भेगमा चरन अभाव भएकोले पशुपालनको सट्टामा अरु वैकल्पिक व्यवसाय अँगाल्न थालेकाले छुर्पीको उत्पादन घट्दै गएको हो ।

छुर्पीको उत्पादन घटेसँगै इलामका छुर्पी व्यवसायीले दुध खरिद बन्दमात्र गरेका छैनन् किसानबाट यसअघि किनेको दुधको मूल्य तिर्न नसक्ने अवस्थामा पुगेका छन् ।

सूर्योदय नगरपालिका बरबोटेका दिनेश महतले दैनिक २ हजार पाँच सय लिटर दुध खरिद गर्ने गरे पनि अहिले आधाभन्दा कममात्र प्रशोधन गर्ने गरेको बताउछन् ।

इलाममा चीजका २५, ललिपप १३ र टोलै पिच्छे छुर्पी उद्योग खुलेका छन् ।

छुर्पी बिक्री नभए पनि नेपाली बजारमा बिक्री हुने ललिपप, बम्बैसन, पनिर, खुवाको माग भने सन्तोषजनक रहेको दुध व्यवसायीहरुले जनाएका छन् ।

Got Something To Say: