इरानमा विनाम दुर्घटना १५ जनाको मृत्यु एकको जिवितै उद्धार

काठमाडौं – इरानमा एक कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । एकजनाको जीवितै उद्धार गरिएको छ ।

कीर्गिस्तानको राजधानी बिस्केकबाट उडान भरेको कीर्गिस्तान एअरलाइन्सको ‘बोइङ ७०७’ कार्गो विमान सोमबार इरानको राजधानी तेहराननजिक दुर्घटनाग्रस्त भएको हो ।

विमानमा १६ जना व्यक्ति सवार रहेकोमा एकजना फ्लाइट इन्जिनियरको भने जीवितै उद्धार गरिएको छ ।

इरानको कराज पायम विमानस्थलमा अवतरण गर्नुपर्ने उक्त विमान पाइलटको गल्तीका कारण फाथ विमानस्थलमा अवतरण गराउन खोज्दा दुर्घटना भएको हो ।

धावनमार्गमा चिप्लिएर बस्तीका घरहरुमा ठोक्किन पुग्दा दुर्घटना भएको र थुप्रै घरहरुमासमेत क्षति पुगेको जनाइएको छ । (एजेन्सी)

Got Something To Say: