उपाधि दाबेदार जापानको एसीयन कप फुटबलमा विजयी सुरुवात

काठमाडौं – उपाधि दाबेदार जापानले युएईमा जारी एसियन कप फुटबलमा विजयी सुरुवात गरेको छ ।
एसियन पावर हाउस जापानले गएराती भएको खेलमा तुर्क्मिनिस्तानलाई ३–२ ले हरायो ।
गएराती भएको अर्को खेलमा उज्वेकिस्तानले ओमनालाई २–१ ले पराजित गर्दा कतारले लेबननमाथि २–० को जित निकाल्यो ।
एसियन कप फुटबलमा आज तिन खेल हुनेछन् ।
नेपाली समय अनुसार साँझ पोने ५ वजे बहराईन र थाईल्याण्ड भिड्दा सवा ७ वजे जोर्डन र सिरिया तथा राती पौने १० वजे भारत र आयोजक युएई भिड्नेछन् ।
पहिलो खेलमा थाईल्याण्डलाई ४–१ ले हराउँदै सनसनी मच्चाएको भारत आज लगातार दोस्रो जितको खोजिमा छ ।

Got Something To Say: