जापानमा आएको बाढिमा परि मृत्यु हुनेको संख्या १ सय २६ पुग्यो

काठमाडौं – जापानको पश्चिमी हिरोसिमा क्षेत्रमा भारी वर्षा पछि आएको बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ ।

जापानमा तीन दशक यता वर्षाका कारण यति ठूलो संख्यामा मानिसको मृत्यु भएको यो पहिलो पटक हो । अझै धेरै भन्दा बढी मानिस हराइरहेका छन् ।

७० हजार भन्दा बढी उद्धारकर्मीहरुले माटो र भग्नावशेषमा पुरिएकाहरुको खोजी गरिरहेका छन् ।

नदीहरुमा पानीको सतह बढेपछि २० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएका छ ।

गत बिहिवार यता पश्चिमी जापानमा परेको पानी पूरै जुलाई महिनामा पर्ने पानी भन्दा पनि तिन गुणा बढी परेको छ ।

मौसमविद्हरुले यस किसिमको भारी वर्षाको अनुभव कहिल्यै नगरेको बताएका छन् ।

बाढी प्रभावित क्षेत्रहरुमा अझै केही दिन भारी वर्षा हुने बताइएको छ ।

बाढी संकटका कारण प्रधानमन्त्री शिन्जो आबेले विदेश भ्रमणको कार्यक्रम रद्ध गर्नु भएको छ । (एजेन्सी)

Got Something To Say: