जापानी विदेशमन्त्री तारो कानो र राष्ट्रपति भण्डारी बिच भेटवार्ता

काठमाडौं – नेपाल भ्रमणमा रहेका जापानी विदेशमन्त्री तारो कानोले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उक्त भेटका अवसरमा नेपाल सरकार तथा जापान सरकारका उच्च पदस्थ अधिकारीसमेत सहभागी भएका थिए ।

जापानी विदेशमन्त्री तारो कानो दुई दिनअघि नेपाल भ्रमणमा आएका थिए । बुधबार जापान र नेपालबीच हवाइसम्झौता लगायतका सम्झौतासमेत भइसकेका छन् ।

Got Something To Say: