फिल्म कस्मिक लभको निमार्ण घोषणा, आसार ११ बाट फ्लोरमा जाँदै

काठमाडौँ – फिल्म कस्मिक लभको औपचारिक घोषणा भएको छ। शुक्रबार काठमाडौंको होटल अन्नपूर्णमा एक कार्यक्रमको आयोजना गरि फिल्मको औपचारिक निमार्ण घोषणा गरिएको हो।

फिल्मको घोषणा सँगै नरिवल फुटाएर शुभ–मुर्हत पनि सम्पन्न भएको छ। फिल्ममा कलाकारहरु प्रशान्त ताम्राकार, अर्पण थापा र दिया मास्केको मुख्य भुमिका रहने छ।

फिल्ममा अन्यकलाकारहरु रबिन तामांग, राजाराम पौडेल, पूर्ण थापा, देव महर्जन, सगर खनाल लगायतको पनि अभिनय रहने छ। फिल्मबाट रिजन थापाले पनि डेब्यु कलाकारका रुपमा अभिनय गर्ने छन् ।

मुभी मेकर्सको ब्यानरमा जे. गौतमको निर्माण तथा सुरज प्रधानको प्रस्तुति रहने फिल्मलाई शंखर अधिकारी र बी.एस. बलामीले निर्देशन गर्नेछन् ।

कार्यकारी निर्माताको रुपमा डी. एन. दाहाल रहेने फिल्म यहीँ असारको ११ गतेबाट छायांकनका लागि फ्लोरमा निस्कने छ।

फिल्ममा सुरेश बज्राचार्यको छायांकन कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी तथा शेखर ज्ञावालीको कथा, बाबु साहेबको द्वन्द्व, बाबुल गिरीको संगीत रहने छ।

Got Something To Say: