जनतालाई अनुभुति हने गरि भदौं १५ बाट मात्र काम हुन्छ – मन्त्री अर्याल

पोखरा – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भदौ १५ पछि सरकार जनतालाई अनुभूत हुने गरी काममा लाग्ने बताएकी छन् ।

पोखरामा पत्रकारहरुसँग उनले संघीयता र पार्टी एकताको ब्यवस्थापन मिलाउन केही समय लागेकाले जनताले कामको अनुभूति गर्न नपाएको तर्क समेत गरेकी छन् ।

मन्त्री अर्यालले चार– पाँच महिनामै सरकारको समीक्षा गर्न नहुने समेत बताएकी छन् ।

उनले स्थानीय तह र सहकारीबीच समन्वय आवश्यक भएको औंल्याउँदै व्यवहारिकताका आधारमा सहकारीका लागि कर निर्धारण गर्नुपर्ने समेत बताएकी छन् ।

Got Something To Say: