‘मिस नेपाल २०१९’को क्राउन अनुस्का श्रेष्ठलाई

काठमाडौं – २०१९को मिस नेपालको पहिरन अनुस्का श्रेष्ठले पहिरेकी छन् ।

काठमाडौंको कीर्तिपुरस्थित ल्याब्रोटरी स्कूलको प्राङगणमा भएको फाइनलमा अन्य प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस नेपालको ताज पहिरिएकी हुन् ।

२५ प्रतिस्पर्धीबाट सुरुमा १५, हुँदै अन्तिममा ७ जना छानिएका थिए।

उनले प्रमुख निर्णायकले सोधेको अन्तिम प्रश्नको उत्कृष्ट जवाफ दिँदै  मिस नेपाल बन्न सफल भएकी हुन् ।

उनलाई अन्तिममा सोधिएको प्रश्न थियो – तपाइको विचार अधिकार र कर्तव्य कुन बढी जिम्मेवारी हुन्छ’ उनले यस प्रश्नको उत्कृष्ट जवाफ दिएकी थिइन् ।

उनलाई मिस नेपाल २०१८ की श्रृंखला खतिवडाले ताज पहिराएकी थिइन् ।

यस्तै ‘मिस नेपाल युनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले जितेकी छिन् भने मिस नेपाल सुपर नेशनलको उपाधि रोज लामाले पाएकी छिन्।

‘मिस नेपाल इन्टरनेसनल’को उपाधि मीरा कक्षपतिले जितेकी छिन्।

उनलाई गत वर्षकी ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि रोनाली अमात्यले ताज पर्हियाइदिएकी थिइन्।

त्यस्तै मिस नेपाल अर्थको उपाधि रिया बस्नेतले जितेकी छन्। उनलाई गत वर्षकी मिस नेपाल अर्थ प्रिया सिग्देलले क्राउन लगाइ दिएकी थिइन्।

यस्तै मिस बेस्ट एथलेट्सको उपाधि प्रदिप्ता अधिकारी, मिस कन्फिडेन्टको उपाधि निशा पाठक, मिस फ्यासिनोको उपाधि अनुष्का श्रेष्ठलाई, मिस पपुलर च्वाइस्को उपाधि रिया बस्नेत र ब्यूटी विथ पर्पसको उपाधि नितिका कर्माचार्याले पहिरेका छन् ।

Got Something To Say: