श्रृंखलाको मिस वल्र्ड यात्रा समुह विजेता बन्दै उत्कृष्ट २०

काठमाडौं – विश्व सन्दरी (मिस वल्र्ड) प्रतियोगितामा नेपालकी श्रृंखला खतिवडा समुह विजेता हुँदै ‘हेड टु हेड च्यालेन्ज’को टप २० मा परेकी छन् । चीनमा जारी उक्त प्रतियोगितामा उनले आफ्नो समूहमा रहेका अर्जे्न्टिना, बोज्निया हर्जगोविना, गोआ, माल्दोभ र लक्जेम्बर्गका सुन्दरीहरुलाई भोटङमार्फत् पछि पार्दै उनी दोस्रो चरणमा पुगेकी हुन् ।
श्रृंखलाले एक भिडियो पोष्ट गर्दै आफूलाई समूह बिजेता बनाएकोमा सबैलाई धन्यवाद दिएकी छन् । दोस्रो चरणको प्रिजिन्टेसनका लागि तयार रहेको पनि उनले बताएकी छन् । ‘म नेपाललाई गौरवान्वित बनाएरै छाड्ने छु,’ उनले भिडियोमा भनेकी छन् ।
प्रतियोगितामा सहभागीहरुलाई २० समूहमा बाँडेर हरेक समूहबाट एक(एक जना छानिएको हो । यसरी छानिएका २० जनाले मिस वर्ल्डको टप ३० मा आरक्षित १० सिटको लागि प्रतिस्पर्धा गर्नेछन् । उनीहरुले अब एउटा प्रिजेन्टेसन दिनुपर्छ र त्यसैको आधारमा हेड टु हेडको टप १० मा पुगेपछि मिस वर्लडको टप ३० मा पुगिन्छ ।
श्रृंखला मल्टिमिडिया अवार्डको पनि बलियो दाबेदार छिन् । मल्टिमिडिया अवार्डको लागि आगामी डिसेम्बर ८ सम्म भोटिङ हुन्छ । यो अवार्ड जितेमा पनि उनी फाइनलमा प्रवेश गर्छिन् ।
मल्टिमिडिया र हेड टु हेड च्यालेन्जसँगै ‘ब्यूटी विथ प्रपोज’ मा पनि श्रृंखलाको बलियो उपस्थिति छ ।
श्रृंखलालाई मोबस्टार एप डाउनलोड गरेर भोट गर्न सकिन्छ भने फेसबुकमा उनको आधिकारिक पेजमा लाइक तथा कमेन्ट गर्दा पनि उनको भोट बढ्छ । यस्तै मिस वर्ल्डको आधिकारिक पेजबाट पनि भोट गर्न सकिन्छ ।

Got Something To Say: