फिल्म लभ स्टेशनको ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं – आगामी चैत्र २२ बाट देशभर प्रर्दशनको तयारीमा रहेको फिल्म लभ स्टेशनको ट्रेलर सार्वजनिक भएको छ

मंगलवार काठमाडौंमा एक पत्रकार सम्मेलन गरि फिल्म निर्माण युनिटले उक्त ट्रेलर सार्वजनिक गरेका हुन् ।

फिल्ममा नायक प्रदिप खड्का, नायिका जसिता गुरुङ कलाकार प्रकाश शाह, रमेश वुढाथोकी, सिरु बिष्ट, प्रिया रिजाल लगायतका भूमिका रहेको छ ।

उज्ज्वल घिमिरेको निर्देशन रहेको फिल्म लभ स्टेशनको ट्रेलर भने साहिल खानले सम्पादन गरेका छन् ।

गोविन्द शाही, काफिया शाही र कविरविक्रम शाहीको लगानी रहेको उक्त फिल्ममा सुवास सिंह बस्न्यातको लेखन रहेको छ ।

फिल्ममा आलोक शुक्लाको छायांकन, कुमार श्रेष्ठको एक्सन, अर्जुन जीसी र लोकेश बज्रचार्यको सम्पादन रहेको छ ।

Got Something To Say: