नम्रताको मार्शलआर्ट ‘जाइरा’ श्रीकृष्ण जन्माष्टमीमा प्रर्दशन हुदैँ

काठमाडौं – फिल्म जाइराको प्रर्दशन मिति घोषणा भएको छ । आगामी भाद्र ६ गते अर्थात् श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर उक्त फिल्म रिलिज गर्न लागीएको हो ।

फिल्ममा नायिका नम्रता श्रेष्ठले मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा अभिनय गरेकी छन् ।

एक महिलाले लिने प्रतिशोधको कथामा बनेको यो फिल्ममा नम्रतासँगै अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठ सहित नव कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको प्रमूख अभिनय रहेको छ ।

रेग्मीले यसै फिल्म मार्फत रजतपटमा डेव्यु गरेकी हुन् । नव अभिनेता मगर नम्रताको कोचको भूमिकामा छन् ।

नम्रताले ‘जाइरा’ को लागि आफ्नो कपाल मुण्डन गरेकी छन् । साथै उनले आफ्नो तौल ५१ केजीबाट ४३ किजी बनाएकी थिइन् ।

फिल्मको बिषयमा बोल्दै नम्रताले भनेकी छन् । ’सबै कुरा नेचुरल देखियोस् भनेर तौल घटाएर कपाल काटें, ६ महिना एक्सन सिकेँ । अब मैंले कति मेहनत गरेको छु त्यसको मुल्यांकन गर्ने काम दर्शकको हो ।’

एक्शन प्रधान ’जाईरा’लाई आँशुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन् । पटकथाकार निर्देशक श्रेष्ठ, निरोज महर्जनले गरेका छन् ।

यो फिल्म कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा.लि.को प्रस्तुतीमा बनेको हो ।

प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको ’जाईरा’लाई लोकेश बज्राचार्यले सम्पादन गरेका छन् ।

Got Something To Say: