चैत्र १ बाट आन्दोलन गर्ने राप्रपा अध्यक्ष थापाको चेतावनी

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवसको बिदा कटौती गरिएकोमा आपत्ति जनाउँदै पार्टीको तर्फबाट एकता दिवस भव्यरुपमा मनाउने निणर्य भएको छ ।
बिहीबार काठमाडौंमा रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा थापाले ‘राष्ट्रिय एकताको विषयलाई राजनीतिसँग जोड्न नमिल्ने बताएका छन् ।
उनले हिन्दुराज्य पुनःस्थापनाको माग फागुन मसान्तसम्म पूरा नभए आगामी चैत १ गतेदेखि देशव्यापी आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
राष्ट्रिय एकता दिन–प्रतिदिन संकटमा पर्दै गएको भन्दै अध्यक्ष थापाले राष्ट्र निर्माताको सम्मान हुन नसके राष्ट्रिय अखन्डतामा समेत आँच आउनसक्ने बताएका छन् ।

Got Something To Say: