ताराप्रकाशको देशभक्ति गीत, ’मेरो प्यारो मेरो देश मेरो नेपाल’ सार्वजनिक (भिडियो)

काठमाडौं – गायक तथा संगीतकार ताराप्रकाश लिम्बूको नयाँ देशभक्ति गीत ‘मेरो प्यारो मेरो देश मेरो नेपाल’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा ताराप्रकाशकै स्वर तथा उनकै संगित छ।

गीतकार मुकेश राईको गीती एल्बम ’मनोकांक्षा २’मा समावशे यस गीतमा देश प्रतिको माया व्यक्त गरिएको छ।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा ताराप्रकाश आफै फिचरिङ छन्। देशभक्ति भावनालाई देखाइएको भिडियो नेपालका विभिन्न ऐतिहासिक स्थलहरुमा छायाँकन गरिएको छ।
भिडियोमा तारा प्रकाश देशभक्ति नेपालीको रुपमा प्रस्तुत भएका छन्।

आफुले धेरै रोमान्टिक गीतहरु गाइसकेपनि देशभक्ति गीत गाउने इच्छा भएका कारण यो गीत तयार गरेको तारा प्रकाश बताउँछन्। उनि भन्छन् ‘मैले धेरै रोमान्टिक गीत गाए। तर पनि मनमा कता कता देशभक्ती गीत गाउने इच्छा ताजै रहिरहने भयो, त्यसैले यो गीत गाए।’

राजिप समरको नृत्य निर्देशन रहेको यस गीतको भिडियोमा सैरभ लामाको छायाँकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ।
गीतको भिडियो

Got Something To Say: