पहिलो संस्करण सुरुभएको एक वर्ष नबित्दै नेपाल आईडल२ प्रसारणमा

काठमाडौं –अत्याधि रुपमा देश तथा विदेशमा रुचाईएको नेपालम सञ्चालन भएको रियालिटि शो नेपाल आइडल२ आजबाट सञ्चालनमा आउने भएको छ ।
नेपाल आईडलको पहिलो शो को अपार सफलता पछि दोश्रो संस्करण विहिवार अर्थात आजबाट नेपालको एकमात्र विग रियालिटि शो को आयोजना गरेर चर्चा कमाएको टेलिभिजन एपी वान एचडिबाट साँझ ८ः३० बजे सुरु हुने बताइएको छ ।
आजबाट सञ्चालनमा आउने उक्त शो हरेक हप्ताको विहिवार र शुक्रवार साँझ ८ः३० बाट प्रसारण हुने छ ।
पहिलो संस्करणको सफलता पछि दोश्रो संस्करणमा पनि अघिल्लो संस्करणकै निर्णायक न्युन बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी नै दोहोरिने भएका छन् ।
कार्यक्रम प्रस्तोतामा भने एक जना परिर्वतन हुने भएको छ । जसमा पहिलो संस्करणकी प्रस्तोतामा रिमा विश्वकर्मासँग नयाँ अनुहार आसिफ शाह रहने छन् ।
नयाँ प्रस्तोताको रुपमा आउने आसिफ गायक तथा नायक हुन् ।
पोखराका बुद्ध लामाले पहिलो नेपाल आईडल बनेर चर्चि भए भने फस्ट रनर अप भएर मोरङका निशान भट्टराई पनि उतिकै चर्चामा आए त्यस्तै नेपाल आईडनको दोश्रो रनर अप भएर जनकपरका प्रताप दास पनि चर्चामा आएका थिए । यस्तै अन्तीम १० बाट बाहिरीएका विभिन्न प्रतिस्पर्धी अहिले आफ्ना नयाँ नयाँ गीत सार्वजनि गर्दै चर्चामा आईरहेका छन् । नेपाल आइडलमा प्रथम, दाश्रो र तेश्रो स्थान प्राप्त गर्न सफल बिजेताहरु तथा आफ्नो स्वरलाई दर्शक श्रोताको मनमा राखेका अन्य प्रतिस्पर्धीहरु देश तथा विदेशका बिभिन्न मञ्चहरुमा प्रस्तुती दिदै आफ्नो ख्यातीमा थप उचाइ थपिरहेका छन् ।

मन जित्छ उस्ले, सुमधुर गाउँछ जस्ले भन्ने नाराका साथ अडिसन राउण्डका कार्यक्रम प्रसारण गर्दै शुरु हुने नेपाल आइडल २ का बिजेताले २० लाख नगद, एउटा होन्डा डब्लुआर भी कार, एउटा एल्बमको सम्झौता र वल्र्ड टुर अथवा ५० लाख नगद, एउटा एल्बमको सम्झौता र वल्र्ड टुर मध्ये एक छनौट गर्न पाउने छन ।

Got Something To Say: