नेपाल आइडल सिजन २’को उपाधी रवि ओडको पोल्टामा

काठमाडौं –  सिंगिङ रियालीटी शो नेपाल आईडल सिजन २ को उपाधी रवि ओडले हात पारेका छन्। शुक्रबार ललितपुरको पुल्चोक प्राङगणमा सम्पन भएको फाइनल शोमा सुदुर पश्चिमका गायक रवि ओड उपाधी हात पार्न सफल

केही महिनाबाट सञ्चालन भएको उक्त शोमा रविले आफ्ना ३ प्रतिस्पर्धीलाई पछि पार्दै आईडलको विजेता बनेका हुन्। उनले टप ४ आएका झापाका सुमित पाठक,अस्मिता अधिकारी र विक्रम वरालाई पछि पारेका हुन्। ओडले बिजेता बन्दै, गोल्डेन ट्रफी, होन्डा डब्लु आरबीको गाडी, रु २२ लाख नगद चेक र विस्वका विभिन्न देशहरुमा घुम्ने अवसर प्राप्त गरेका छन्। त्यसैगरि कार्यक्रमका फस्ट रनरअप बिक्रम बरालले ट्रफि, २० लाख नगद र वल्र्ड टुरको अवसर प्राप्त गरेका छन्।

यस्तै कार्यक्रममा सेकेण्ड रनरअपको उपाधी उचाल्न् सफल सुमित पाठकले रु १२ लाख नगद सहित ट्रफी र वल्ड टुरको अवसर प्राप्त गरेका छन् भने कार्यक्रममा चौथो अर्थात थर्ड रनरअपको उपाधी जित्न सफल अस्मिता अधिकारीले होण्डाको डियो स्कुटर प्राप्त गरेकी छन्।

गत बर्षबाट नेपालमा सुरु भएको यस रियालिटी शोको पहलो सिजनमा पोखराका बुद्ध लामा बिजेता बनेका थिए।

Got Something To Say: