प्रहरी इन्काउन्टरमा मारिएको घटनाको छानविन गर्ने गृहमन्त्रीको भनाई

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भक्तपुरमा दुई अपहरणकारी प्रहरी इन्काउन्टरमा मारिएको घटनाको छानबिन गर्ने बताएका छन् ।
प्रतिनिधिसभा अन्र्तगत राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले घटनाको छानबिन गर्ने उनले बताएका हुन् । बालक निसान खडकालाई अपहरण पछि हत्या गर्ने गोपाल तामाङ र अजय तामाङ मुठभेडमा सोमबार मारिएका थिए ।

सो घटना शंकास्पद रहेको सांसदहरुले बताएपछि उनले छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
समितिको बैठकमा नेपाली कांग्रेसका सांसद देवेन्द्र कंडेलले प्रहरी महानिरीक्षक र सम्बन्धित अधिकारीलाई समितिमा बोलाउन माग समेत गरेका छन् ।

Got Something To Say: