नेपाल तेक्वान्दोका तीन विधामा चाइनिज ताइपेइसँग पराजीत

जकार्ता – इन्डोनेसियाको जकार्तामा जारी एसियाली खेलकुदअन्तर्गत् आइतबार भएका खेलमा नेपालले तेक्वान्दोका तीन विधामा चाइनिज ताइपेइसँग पराजीत भएको छ ।
तेक्वान्दोको पुम्सेतर्फ पहिलोपटक अन्तर्रा्ष्ट्रिय सहभागिता जनाएको नेपाली महिला टोली टिम इभेन्टमा पदकबाट एक खेल टाढा रह्यो ।
प्रिक्वार्टरफाइनलमा उज्वेकिस्तानबाट ‘वाक–ओभर’ पाएको नेपाली महिला टिम क्वार्टरफाइनलमा चाइनिज ताइपेइसँग पराजित भयो ।
नेपाली महिला टोलीमा नीता गुरुङ, पार्वती गुरुङ र निमा मादेन सहभागी थिए ।
पुम्सेकै महिला एकल विधाको प्रिक्वार्टरफाइनलमा नेपालकी पार्वती गुरुङ चाइनिज ताइपेइकी खेलाडी लियाओ वेनहुसानसँग पराजित भइन् ।
यसैगरी, पुरुष एकलको प्रिक्वार्टरफाइनलमा नेपालका कमल श्रेष्ठ चाइनिज ताइपेइका चेन छिङसँग पराजित भए ।
तेक्वान्दोमा सोमबार नेपालका तीन खेलाडी सागर गुभाजु, निमा गुरुङ र संगीता बस्यालले प्रतिस्पर्धा गर्नेछन् ।

Got Something To Say: