नेपाल र नेदरल्यान्ड विचको खेल सुरु,नेपालको पहिलो बलीङ

काठमाडौं – नेपालले अहिले एकदिवसीय क्रिकेटमा ऐतिहासिक खेल खेलीरहेको छ । अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद (आइसीसी) बाट एकदिवसीय राष्ट्रको मान्यता पाएपछि नेपालले आज पहिलो अन्तर्रा्ष्ट्रिय एकदिवसीय खेलेको हो ।

घरेलु टोली नेदरल्याण्डविरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यु गरेको छ । एकदिवसीय क्रिकेटको डेब्यु खेलमा नेपालले पहिले बलिङ गरिरहेको छ । नेदरल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेसंगै नेपालले फिल्डिङ पाएको हो ।

एमस्ट्राडममा भइरहेको नेपाल र नेदरल्याण्डबीचको पहिलो खेल नेपाली समय अनुसार २ः४५ मा सुरु भएको थियो । उक्त खेल कान्तिपुर टेलिभिजनबाट नेपालमा लाइभ हेर्न सकिनेछ ।
गत फेब्रुअरीमा जिम्बावेमा भएको विश्वकप छनोटबाट नेपालले अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद (आइसीसी) बाट एकदिवसीय अन्तर्रा्ष्ट्रिय राष्ट्रको मान्यता पाएको थियो । नेपालले घरेलु टोलीसंग शुक्रबार दोस्रो खेल खेल्नेछ ।

Got Something To Say: