मलेसियासँग २ –० गाेल अन्तरले पराजीत नेपाल

काठमाडौं – अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाललाई मलेसियाले हराएको छ ।

गएराती मलेसियाको बुकिट जलिलमा भएको खेलमा घरेलु टोली मलेसियाले नेपाललाई २–० ले हराएकाे हाे ।

खेलमा मलेसियालाई जित दिलाउन सफावी राशिद र साहरुल सादले एक एक गोल गरेका थिए।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफको सुरुमै रासिदले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।खेलकाे ८२ औं मिनेटमा सादले गोल थप्दै मलेसियाको जित पक्का गरे ।

विश्वकप छनोटको तयारी स्वरुप नेपालले मलेसियासंग मैत्रीपूर्ण खेल खेलेको हो ।

मलेसियासँगको खेलपछि नेपालले अब बिहिवार चाइनिज ताइपेसंग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ । यसका लागि नेपाली टोली आज क्वालालम्पुरबाट त्यसतर्फ लाग्दै छ ।

Got Something To Say: