नेदरल्याण्ड र नेपाल वितचको खेलमा नेपालका लागी १९० रनको लक्ष्य

काठमाडौं – नेदरल्याण्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा नेपालले जितको लागि १९० रनको लक्ष्य पाएको छ । नेदरल्याण्डले दिएको १९० रनको लक्ष्यसहित नेपालले केहि बेरमा जवाफी ब्याटिङ गर्ने भएको छ ।

नेपाली बलर चम्किएपछि टस जितेर पहिले ब्याटिङ्ग गरेको नेदरल्याण्डले ४७ ओभर ४ बलमा अलआउट हुँदै १८९ रन मात्र बनाउन सफल भयो ।

नेदरल्याण्डका माइकल रिप्पोनले ५१ रनकोया अर्धशतकीय पारी खेले । यस्तै बास डी लिडले ३०, स्टेफेन माईबर्गले २९, बेन कुपरले २०, स्कोट एडवार्डले १८ रन जोड्दा फ्रेड क्लासेनले ११ रन जोड्न मात्र सफल भएको छ ।

नेदरल्याण्डविरुद्ध नेपालका कप्तान पारस खड्काले किफायती बलिङ गरेका थिए । पारसले १० ओभर बलिङ गर्दै २६ रन खर्चेर ४ विकेट लिए भने सोमपाल कामीले ३ विकेट लिए । नेपालका सन्दीप लामिछाने, करण केसी र बसन्त रेग्मीले एक एक विकेट लिएका थिए ।

नेपालले अहिले नेदरल्याण्ड विरुद्ध ऐतिहासिक खेल खेलिरहेको छ । गत फेब्रुअरीमा जिम्बावेमा भएको विश्वकप छनोटबाटअन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद (आइसीसी) बाट एकदिवसीय अन्तर्रा्ष्ट्रिय राष्ट्रको मान्यता पाएपछि नेपालले डेब्यु खेल खेल्ने मौका पाएको हो ।

छनोटमा एसोसिएटतर्फ उत्कृष्ट तीन टोलीमा रहेर नेपालले ऐतिहासिक सफलता पाएको थियो । चार बर्षको लागि नेपालले पाएको मान्यता यहीँ जुलाईबाट लागु भएको हो ।

नेपालले एसोसियट राष्ट्रको मान्यता पाएको २२ बर्षपछि एकदिवसीय राष्ट्रको मान्यता पाएको हो । सन् १९९६ माएसोसियट राष्ट्रको मान्यता पाएको नेपाल सन् १९८८ मा आईसीसीको सदस्य बनेको थियो ।

नेपालले एकदिवसीय मान्यता पाएपछि नेदरल्याण्डले ऐतिहासिक क्षणको लागि आथित्यता प्रदान गरेको हो । नेदरल्याण्डविरुद्धको दुई सिरिजपछि नेपालका भेट्रान स्पिनर शक्ति गौचनले सन्यास लिनेछन् ।

Got Something To Say: