दयाहाङ बने स्काइभेटर ड्राइभर (भिडियो)

काठमाडौं – नेपाली कथानक चलचित्र ‘जात्रै जात्रा’को टिजर सार्वजनिक भएको छ । आगमी फागुन १७ गते बाट प्रर्दशनमा आउने उक्त चलचित्रको टिजरमा चलचित्रका मुख्य तीन कलाकार विपिन कार्की, रविन्द्र झा र रविन्द्रसिंह बानियाँ काठमाण्डौंदेखिमा आत्महत्या गर्ने ठाँउ नभएर भौतारिएको देखाइएको छ । उनिहरुले आत्महत्या गर्दै गर्दा नायक दयाहाङ राई विचमा स्काइभेटर ड्राइभर भएर उनिहरुको काममा बाधा भएर आएको देखाइएको छ ।

निर्देशक प्रदीप भट्टराई निर्दे्शित फिल्म ‘जात्रै जात्रा’ को टिजर रिलिज भएसँगै थप कौतुहलता पैदा भएको छ । मटिजरमा देखाइएका दया लाई फिल्ममा देख्न पाउने या नपाउने अहिले सम्म नपाउने भन्नेमा कौतुहलता बढेको हो।
फागुन १७ गतेदेखि प्रदर्शनमा आउने फिल्म जात्रै जात्रा को छायाँकन यही कात्तिक २६ गतेदेखि सुरु हुने बताईको छ ।
निर्देशक भट्टराईकै लेखन रहेको ‘जात्रै जात्रा’ का कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् भने सिंगे लामा र यादव पौडेल निर्माताको रुपमा रहेका छन् ।

Got Something To Say: