पार्टीमा एकजुट भएर संगठन विस्तार र नीतिको प्रचारमा लाग्न कांग्रेस नेता कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी एकजुट भएर संगठन विस्तार र आफ्नो नीतिको प्रचारमा लाग्नु पर्ने बताएका छन्।
दसैं, तिहारलगायत चाडपर्वको पूर्वसन्ध्यामा (टोखा प्रजातान्त्रिक समाजले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले संविधानको कार्यान्वयन, संघीयताको सफल व्यवस्थापन र विकासका लागि अन्ततः कांग्रेसले नै भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन।
कांग्रेसको विधान परिमार्जनकाक्रममा सभापतिलाई अधिकारकेन्द्रित गर्ने सुझाव आएको जानकारी दिँदै उनले ‘यो गलत भएको बताएका छन्।
‘पार्टी अधिकारलेभन्दा पनि समन्वय, परामर्श र सबै कार्यकर्तालाई समेटेर चल्छ, चलाइनुपर्छ’–उनले भने ।
जसले समन्वय वा समझदारी कायम गर्न सक्दैन र अधिकारलेमात्रै पार्टी चलाउने मनसाय राख्छ, उसले सभापति हुने आकांक्षा नराखे पनि हुन्छ भन्ने कोइराले सुजाव दिएका छन्।
यस्तै सांसद भीमसेनदास प्रधानले कांग्रेसको प्रजातान्त्रिक सिद्धान्त र ऐतिहासिक योगदानलाई जनतासमक्ष र्पुयाएर अहिलेको अन्यौलको अवस्था अन्त्य गर्न जुट्नुपर्ने बताएका छन्।
समाजका अध्यक्ष कृष्णविलास अधिकारीको सभापतित्वमा भएको सो कार्यक्रममा पूर्वराज्यमन्त्री रामबहादुर गुरुड, पूर्वसहायकमन्त्री रामचन्द्र अधिकारी, कांग्रेस क्षेत्रीय सभापति श्यामकृष्ण खड्गी, कांग्रेस टोखा नगरपालिकाका सभापति वसन्त श्रेष्ठ, हरिहर अधिकारी र रजनी थापालगायतले सो अवसरमा समसामयिक विषयमा मन्तव्य व्यक्त गरेक थिए। रासस

Got Something To Say: