नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा पराजीत

काठमाडौं – इंग्लण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा पराजीत भएको छ ।

पहिलो अभ्यास खेलमा शानदार जित हात पार्न सफल नेपाली टोली हिजो भएको दोस्रो अभ्यास खेलमा भने सेन्ट क्रससँग १९ रनको पराजित भएको हो ।

सेन्ट क्रसले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रनमात्र बनाउन सफल भएको थियो ।

नेपालका लागि अनिल साहले ५६ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जिताउन सकेनन् । यस्तै आरिफ शेखले ३४ रन बनाए ।

नियमित कप्तान पारस विना मैदानमा उत्रिएको नेपालका लागि ज्ञानेन्द्र मल्लले १८ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सेन्ट क्रसले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो ।

उसका लागि जेम्मी आडम्सले सर्वाधिक ७२ रन बनाए । यस्तै फेलिक्स अर्गनले ३९ रनको योगदान दिए । नेपालका बसन्त रेग्मी र सोमपाल कामीले समान दुई विकेट लिए ।

बेलायत भ्रमणमा रहेको नेपालले अब दुई अभ्यास खेल खेल्न बाँकी छ ।

त्यसपछि नेपालले जुलाई २९ तारिखमा लर्डसमा हुने नेदरल्याण्ड्स र मेरिलेबन क्रिकेट क्लब (एमसीसी)सँग त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी श्रृंखला खेल्नेछ ।

३० तारिखमा नेदरल्याण्ड्स प्रस्थान गर्ने टोलीले नेदरल्याण्ड्ससँग दुई वटा ऐतिहासिक एक दिवसिय खेल खेल्ने तयारीमा रहेको छ ।

Got Something To Say: