हाँस्य कलाकार गजुरेल अभिनित फिल्म ‘१०० कडा १०’ को पोस्टर सार्वजनिक

काठमाडौं– आगामी माघ १८ गतेबाट देशभर प्रर्दशनको तयारीमा रहेको फिल्म ‘ १०० कडा १०’को पोस्टर सार्वजनिक भएको छ।
भ्रष्टाचारविरुद्ध सदाचार सन्देश बोकेको फिल्म ‘ १०० कडा १०’ को सार्वजनिक पोस्टरमा फिल्ममा भएका सम्पूर्ण कलाकारलाई स्थान दिइएको छ।

रामशरण पाठकले निर्देशन गरेको फिल्म प्रेम र समाजमा आर्थिक भ्रष्टाचारले पर्ने असरको कथामा आधारित रहने छ।

हाँस्य कलाकार मनोज गजुरेलले यही फिल्मबाट नेपाली फिल्ममा डेब्यु गरेका छन्। त्यस्तै नेपाली मुलकी बर्मेली नायिका सोनिया राईले पनि यो फिल्मबाट नेपाली सिने क्षेत्रमा प्रवेश गरेकी छन्।
फिल्ममा कलाकार राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, उत्सव न्यौपाने लगायतको अभिनय रहेको छ। निर्देशक पाठक आफैंले कथा लेखेका हुन्।
दर्शन नेपाल क्रिएसनको ब्यानरमा निर्माण भएको फिल्ममा रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, संजीव न्यौपानेको लगानी रहेको छ।
नेपालमा भन्दा पहिलो उक्त चलचित्र थाइल्यान्ड र बर्मामा अग्रेजी नयाँ वर्षदेखि प्रदर्शन थालनी गर्ने तयारी भएको निर्माण युनिटले जानकारी गराएको छ।

Got Something To Say: