फिल्म ‘ए मेरो हजुर ३’ को शिर्ष गीत सार्वजनिक (भिडियो)

काठमाडौँ – फिल्म ए मेरो हजुर ३’को शिर्ष गीत सार्वजनिक भएको छ ।

नायक अनमोल केसी र नायिका सुहाना थापा स्टारर फिल्मको ‘सत्य भन्छु’ लिरिकल भिडियो सार्वजनिक भएको हो ।

रवी मल्लको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत रहेको छ । उदयराज पौडेको समायोजन रहेको छ ।

झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी सुहाना थापाको यो डेब्यु फिल्म ए मेरो हजुर ३ लाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी छन् भने निर्माण सुनिल कुमार थापाले गरेका हुन्। फिल्ममा सुमन पौडेलको कथा रहेको छ ।

फिल्मको छायांकन सञ्जय लामाले गरेका छन् ।

सम्पादन दिर्घ खड्काले गरेका हुन् भने फिल्ममा नायक अनमोल र सुहानाको साथमा सलोन बस्नेत, रविन्द्र झा, रक्षा गौतम, रुपा घिसिङ, विशाल पहाडी, अर्पण थापा लगायत कलाकारको अभिनय रहेको छ ।

फिल्म आगामी चैत २९ गते देखि देशभर प्रर्दशन मा आउदैछ ।

(भिडियो) – 

Got Something To Say: