फिल्म ‘लभ स्टेशन’को ‘तिमि रुदाँ’ सार्वजनिक (भिडियो )

काठमाडौं – गत शुक्रवार अर्थात् चैत्र २२ बाट देशभर प्रर्दशनमा आएको फिल्म लभ स्टेशनको नयाँ गीत सार्वजनिक भएको छ ।

नायक प्रदिप खड्का र नायिका जसिता गुरुङ अभिनित उक्त फिल्मको ‘तिमि रुदाँ’ बोलको गीत सार्वजनिक भएको हो ।

गायक डेभिड शंरको स्वरमा रहेको उक्त गीतमा दिपक शर्मा र उषा शेरचनको शब्द रहेको छ । गीतमा दिपक शर्मा आफैले संगीत भरेका छन् ।

गीतमा आफ्नी प्रेमीकाको पराई केटासँग हुने परिवेश र त्यही परिवेशलाई गीतमा रुपान्तण गरिएको छ ।

फिल्म लभ स्टोरीमा प्रदिप र जसितासँगै रमेश बुढाथोकी, सरु विष्ट, रवि डंगोल, प्रिया रिजाल, प्रकाश शाह, रेशु खरेल, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायत कलाकारको अभिनय रहेको छ ।सुवाष सिंह बस्नेतले तयार

पारेको कथालाई उज्जवल घिमिरेले निर्देशन गरेका छन् ।

फिल्मलाई गोविन्द शाही, क्रिशु शाही (काफिया) र कविरविक्रम शाहीले निर्माण गरेका हुन् ।

आलोक शुक्लाले छायांकन गरेको फिल्मलाई अर्जुन जिसी र लोकेश बजार्चायले सम्पादन गरेका छन् ।

Got Something To Say: