पुजा र आकाश अभिनित फिल्म रामकहानी अमेरिकामा प्रर्दशन हुँदै

 

काठमाडौ – गत भाद्र २२ बाट नेपालमा  प्रर्दशनमा आएको चलचित्र ‘रामकहानी’ अब अमेरिकामा रिलिज हुने भएको छ ।

जनवरी महिनाको पहिलो साताबाट यो चलचित्र अमेरिकाको विभिन्न शहरमा प्रदर्शन हुन लागेको जानकारी निर्देशक सुदर्शन थापाले दिएका छन् ।

यो चलचित्र न्यूयोर्क, बाल्टिमोर, भर्ज्निया लगायतका शहरमा प्रदर्शन हुने निश्चित भएको वुझिएको छ ।

सुदर्शन थापा र पूजा शर्माको लगानीमा बनेको यो चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई लगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।

Got Something To Say: