पहिलो अभ्यास खेलमा आत्मघाति गोल गर्दै नेपाल पराजीत

काठमाडौं – एसियाली खेलकुद र साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली युवा फुटबल टोली पहिलो अभ्यास खेलमा पराजित भएको छ ।

२३ वर्षमुनिको नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबार थाइल्यान्डको पुलिस टेरो क्लबसँग १–० को हार बेहोरेको हो ।

खेलको ३९ औं मिनेटमा आदित्य चौधरीले आत्मघाती गोल गरेपछि नेपाल पराजित भएको हो ।

नेपालले अब १० अगस्टमा थाइल्यान्डको २३ वर्षमुनिको राष्ट्रिय टोलीसँग खेल्नेछ ।

थाइल्याण्डमा प्रशिक्षण र अभ्यास खेलहरु सकाएर नेपाली टोली इन्डोनेसिया प्रस्थान गर्नेछ ।

एसियन गेम्स अगष्ट १८ तारिखदेखि सुरु हुने भए पनि फुटबलका खेलहरु भने अगष्ट १४ देखि नैं हुनेछन् ।

एसियन गेम्सको समूह डी मा रहेको नेपालले समुह चरणमा जापान, भियतनाम र पाकिस्तानसँग खेल्नेछन् ।

Got Something To Say: