हेमन्त रानाकाे गीत ‘साईली’मा आधारीत फिल्म ‘साईली’काे ट्रेलर सार्वजनिक (भिडियाे)

काठमाडौं – आगामी चैत्र १५ बाट पर्दशनको तयारीमा रहेको फिल्म ‘साइली’को ट्रेलर सार्वजनिक भएको छ ।

आईतवार काठमाडौंमा एक पत्रकार सम्मेलन गरि फिल्म युनिटले उक्त ट्रेलर सार्वजनिक गरेको हो । यस अघि गायक तथा संगीतकार हेमन्त रानाको गीत साईलीको नामम यो फिल्म बनेको हो ।

रामबाबु गुरुङको लेखन रहेको उक्त फिल्ममा स्वयम् गुरुङको निर्देशन रहेको छ ।

फिल्ममा नायक गौरव पहारी,नायिका मेनुका प्रधान, नायक दयाहाङ राई,केनिपा सिंह,प्रकाश घिमिरे,पुस्कर गुरुङ,लोकेन्द्र लेखक, किरन चाम्लीङ राई, सुस्मा निरौला, लगायतका कलाकारको अभिनय रहेको छ ।

विशाल गुरुङ, मोहन राना मगर को लगानीमा निमार्ण भएको उक्त फिल्ममा संगीतकार काली प्रसाद बास्कोटा र सुशान्त गौतमको संगीत रहेको छ भने हेमन्त राना, संगीतकार बास्कोटा र गौतम स्वयम्का् स्वर रहेको छ ।

फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका छन् ।

 

Got Something To Say: