अमेरिकाको डालास र वोस्टनमा सांगीतिक धमाका गर्दै नेपथ्य मण्डली

काठमाडौं – नेपालको प्रसिद्ध संगीत मण्डली नेपथ्य(म्युजिक ब्याण्ड )ले अमेरिकाको बोस्टन शहरमा आफ्नो सांगीतिक प्रस्तुति गर्ने भएको छ।

अमेरिकाको बोस्टन र टेक्ससको ड्यालस शहरमा ब्याण्डले आफ्नो प्रश्तुती दिने भएको छ। आफ्नो स्थापनाको रजत वर्ष मनाइरहेको नेपथ्यले अमेरिकामा पनि आफ्नो प्रस्तुती दिनलागेको हो ।

अमेरिकाको टेक्सस र वोस्टनमा नेपथ्यको पहिलो प्रश्तुती रहने छ। यो ब्याण्डले यस अघि सन् २००४मा अमेरिकाको एरिजोना र वासिङटन डिसीमा प्रस्तुति गरेको थियो ब्याण्डले त्यसपछि पनि अमेरिकाकै अन्य ठाँउहरुमा पनि व्याण्डले आफ्नो सांगीतिक यात्रा तय गरिसकेको छ।

बोस्टनको कार्यक्रम ‘जात्रा नेपाल’ र ‘बोस्टन तमु समाज’को संयुक्त आयोजनामा हुन लागेको हो । ब्याण्ले आगामी जुन ९ तारिखमा टेक्सासको डालास स्थित ‘द बम फ्याक्ट्री’मा र जुन २४ तारिखका दिन बोस्टनको ‘रोयाल बोस्टन हल’ मा आफ्नो प्रश्तुती दिने कार्यक्रम रहेको छ।

गायक अमृत लगायत सांगीतिक, प्राविधिक र व्यवस्थापन टोली अमेरिका जाने छन् । ड्यालस र बोस्टनको कार्यक्रम पछी नेपथ्य टोली जुन २७ तारिखमा काठमाडौं फर्किने छ ।

अमेरिकामा प्रश्तुतीका लागि जाने तयारिमा रहेका गायक अमृत गुरुङले उत्साहित हुदै भने ‘रजत बर्षका अवसरमा हामीले नेपाल भित्र र बाहिर थुप्रै यात्रा गर्दै आएका छैं र संसारभरि छरिएर रहेका नेपथ्य प्रेमीहरुले देखाउनुभएको मायाँ र सद्भाव प्रति हामी आभारी छौं ।’

डालास र बोस्टनको सांगीतिक प्रश्तुती पछि ब्याण् जुन २७मा नेपाल फर्कने छ।

Got Something To Say: