सिक्किममा गुञ्जियो नेपथ्य

काठमाडौंः  सिक्किमको राबाङमा आयोजित ‘राबांग छो जो फेस्ट’ कार्यक्रममा नेपाली लोक रक ब्याण्ड नेपथ्यले प्रस्तुति दिएको छ। समुद्री सतहभन्दा २१ सय मिटर उचाइमा रहेको छो जो ताल नजिक नेपथ्य गुञ्जिएको हो।

‘कुरुप अनुहार’ बोलको गीतबाट नेपथ्यले प्रस्तुति सुरु भयाे। कार्यक्रममा ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो,’ ‘मै मरि जाउँला’, ‘आँगनैभरि हिउँ नै झरे’ बोलका गीतहरु अमृत गुरुङको टिमले गाए। नेपथ्यको पछिल्लो सिर्जना ‘शिरफूल शिरैमा’सँगै ‘लामपाते सुरती’, ‘चरि मर्‍यो’मा दर्शक झुमेका थिए।

ब्याण्डका प्रमुख गायक अमृतले कार्यक्रमको अन्त्यतिर ‘कोशीको पानी’, ‘रेशम’, ‘हिमाल चुचुरे’ र ‘मै नाचे छमछमी’ जस्ता गीतहरु प्रस्तुत गरे। कन्सर्टको अन्तिम गीत बन्यो ‘तालको पानी’।

कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिएका थिए।

 

Got Something To Say: