विरविक्रममा पल र नाजीर बर्षाको साथ (भिडियो)

काठमाडौं – निर्देशक मिलन चाम्सको निर्देशन रहेको फिल्म विरविक्रम २ को पिरतीको मिठो तिर्सना बोलको गीत सार्वजनिक भएको छ ।

विहिवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर फिल्म निर्माण युनिटले उक्त गीत सार्वजनिक गरेका हुन्।

यस अघि फिल्म देउतामा समावेस भएको उक्त गीतलाई नयाँ भर्सनमा ल्याएर सार्वजनिक गरिएको छ ।

मनाङ् र मुस्ताङ,जोमसोममा छायांकन गरिएको उक्त गीतमा तारा प्रकाश लिम्बु र मेलिना राईको स्वर रहेको छ ।

गीतको भिडियोमा नायक पल शाह,नाजिर हुसेन र नायिका बर्षा शिवाकोटिको अभिनय रहेको छ।

गीतको भिडियोलाई कोरियोग्राफर कविराज गहतराजले कोरियोग्राफि गरेका हुन्।

कुशुम गजमेर र तुलसी घिमिरेको शब्द रचना रहेको गीतमा रञ्जित गजमेरले संगीत छ ।

विरविक्रम२मा कलाकार बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बु लगायतको अभिनय रहेको छ ।

Got Something To Say: