फिल्म सय कडा १०को दाईलाई कुरा लाईदिनी सार्वजनिक (भिडियो)

काठमाडौं –आगामी माघ १८ बाट प्रर्दशनमा आउने फिल्म ‘सयकडा दश’को पहिलो गीत सार्वजनिक भएको छ। ‘दाईलाई कुरा लाइदिनी‘’ बोलको गीतमा कल्याण सिंहको संगीत रहेको छ भने तृषला गुरुङ र सन्देश पाठकले स्वर रहेको छ। शब्द फिल्मका निर्देशक रामशरण पाठकले लेखेका छन् ।
गीतको भिडियोमा अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, रवि डंगोल फिचर्ड छन् । मुख्य पात्रको वैवाहिक समारोहलाई चित्रण गरिएको गीतलाई पोखरा माटेपानीस्थित भद्रकाली मन्दिरमा छायांकन गरिएको हो ।
भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावको कथा फिल्मा समावेश छ । मनोज गजुरेल र राजाराम पौडेल समेत मुख्य भूमिकामा छन् । कमेडियन समेत रहेका गजुरेलको यो डेब्यु फिचर हो । गजुरेललाई गत महिना अस्कर अवार्डको अफिसियल च्यानल एबीसीले विश्वका उत्कृष्ट २० कमेडियनमा समावेश गरेको छ।
दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् । साजन थापा सहनिर्माता हुन् । निर्माताले च्यारिटीसहित सामाजिक कार्यमार्फत पनि फिल्मको प्रवद्र्धन गर्ने प्रचार संयोजक सुदीप पौडेलले बताएका छन् ।

नेपाल प्रदर्शनपूर्व थाइल्यान्ड र म्यानमारमा फिल्म प्रदर्शन गर्ने तयारीमा निर्माता जुटेका छन् भने निर्मात्री प्रधान नेपाली फिल्मको बजार अध्ययनका लागि युरोप भ्रमणमा छिन् ।

Got Something To Say: