फिल्म ‘बोबी २’ निर्माण घोषणा

काठमाडौं – उमेश थापा र कविता गुरुङ्को बास्तविक कथामा आधारित फिल्म बोबीको सिक्वेल बोबी २ बन्ने भएको छ ।
शनिवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर बोबी निमार्ण युटिले उक्त फिल्मको निमार्ण गर्ने घोषणा गरेको हो ।
निर्देशक मिलन चाम्सद्धारा निर्देशित फिल्म ‘बोबी’ गत असारबाट प्रदर्शनमा आएको थियो। वास्तविक पात्रहरु उमेश थापा र कविता गुरुङको प्रेम कथामा निर्माण भएको फिल्मले धेरै दर्शकको तारिफ पाएको थियो ।
फिल्म ‘बोबी’मा वास्तविक जोडीले प्रेम प्राप्तिका लागि गरिएको संघर्ष, त्याग र सफलताको कथा देखाइएको थियो। जसमा कविता गुरुङको कथालाई प्राथमिकतामा राखिएको थियो।
तर अब बन्ने सिक्वेलमा भने बाँकी रहेका कथा अर्थात् उमेशका कथा र अन्य विषयलाई फिल्ममा समावेश गरिने निर्माण युनिटले जानकारी गराएको छ।
अन्र्तजातिय प्रेम र सफलताको कथा बोेकेका उमेश र कविताको परिवार विगत लामो समयदेखि नर्वेमा बस्दै आएका छन्। त्यसै अनुरुप अब बन्ने फिल्मको सिक्वेलको आधा भाग नेपाल र आधा भाग नर्वेमा छायांकन गरिने बताइएको छ ।

Got Something To Say: