फिल्म समर लभको ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं – लेखक सुविन भट्टराईद्धारा लिखित उपन्यास समर लभमा आधारीत फिल्म समर लभको ट्रेलर सार्वजनिक भएको छ ।

सोमवार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरेर फिल्म निर्माण युनिटले ट्रेलर सार्वजनिक गरेको हो ।

प्रेम विछोडलाई फिल्ममा प्रस्तुत गरिएको छ । मुस्कान ढकालले निर्देशन रहेको फिल्ममा रेवती क्षेत्री, आशिष पिया, सुरज सिंह ठकुरी, नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल, ओम प्रतिक लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्ममा पुष्पन प्रधानको शब्द तथा संगीत रहेको छ भने कोरियोग्राफी कविराज गहतराजले गरेका छन् ।

समर लभ उपन्यासलाई सुविन र सामिप्यराज तिमल्सेना मिलेर पटकथामा लेखका हुन् ।

मानकृष्ण महर्जनको छायांकन रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले निर्माण गरेको फिल्ममा स्वपन सरकार र मनोज बिक सहनिर्माता, बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् ।

Got Something To Say: