सिमान्त र रमाको ‘कसरी भनु म’ सार्वजनिक (भिडियो)

काठमाडौं –गायक सिमान्त सन्तोष र गायिका रमा अर्यालको स्वरमा रहेको ‘कसरी भनु म’ बोलको गीत सार्वजनिक भएको छ । संजय घिमिरेको शब्द रहेको तथा भीम जिसीको सङ्गीत र आमोश तामाङको सङ्गीत संयोजन रहेकोे गीत सार्वजनिक भएको हो।

लोमस पौडेलले निर्देशन गरेको गीतको भिडियोमा चन्द्र र प्रतिक्षा फिचरिङमा छन् । अर्जुन सापकोटाको छायाँकन रहेको गीतको भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका हुन्।
विगत तीन वर्षदेखि गायन क्षेत्रमा लागेका सिमान्तका एक दर्जन भन्दा बढी गीत स्रोता दर्शकको रोजाईमा रहेका छन्।
गायनमा विभिन्न अवार्डहरु पनि चुम्न सफल सिमान्त आफ्ना अन्य गीत जस्तै ‘कसरी भनु म, जीवन जिउने वहाना हौ तिमी‘’ले पनि स्रोतारदर्शकको साथ पाउँनेमा आफू विश्वस्त रहेको बताउछन् । ‘रमाजी र मैले एउटा राम्रो गीत ल्याएका छौ सुनेर हरेर प्रतिक्रिया दिनुहोला’, उनले सवैमा आग्रह समेत गरेका छन् ।

Got Something To Say: