गायक हेमन्तकाे नयाँ गीत ‘स्वतन्त्र’ [भिडियाे]

काठमाडाैं- गायक हेमन्त शर्माले मजदुर दिवसको अवसर पारेर मजदुरको कथा बोकेको गीत सार्वजनिक गरेका छन् । यो गीतमा सबैलाई स्वतन्त्र हुन आग्रह गरिएको छ । गायक शर्माकै शब्द तथा संगीत रहेको गीतको म्यूजिक भिडियोमा पनि मजुदुरको कथालाई समावेश गरिएको छ ।

उनले गीत मार्फत साना– साना उपलब्धिहरुमा पनि खुशी मिल्ने भाव प्रस्तुत गरेका छन् । गायक शर्माले सार्वजनिक गीतलाई जनताको गीत भनेका छन् । गीतको म्यूजिक भिडियोमा युमी बलामी तथा शुभम भुजेलले अभिनय गरेका छन् ।

साथमा एउटै खुट्टाले नृत्य प्रस्तुत गरेर चर्चामा रहेकी कलाकार रोमा न्यौपानेलाई पनि उक्त म्यूजिक भिडियोमा देख्न सकिन्छ । गीतको म्यूजिक भिडियो गायक शर्मालेनै निर्देशन गरेका हुन् ।

Got Something To Say: